बिहीबार, चैत १५, २०८०

कञ्चनपुरमा १६३ तोला सुन र विदेशी मुद्रासहित दुई जना पक्राउ

मेरोन्यूज २०७८ कार्तिक ३० गते २०:२६

कैलाली । कञ्चनपुरमा भारतबाट चोरी भएको १६३ तोला सुन र लाखौं रकमसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका–१ की अन्दाजी ३८ वर्षीया बिस्नु शाही रहेका छन् ।
भारतको बेङ्गोरस्थित एउटा घरमा काम गर्ने उनीहरुले चोरी गरि भागेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ।
लालचन्द्रको घरमा छापा मार्दा सुनका गरगहना, बिदेशी मुद्रा, पत्थर र ४ थान ल्यापटप बरामद गरेको गणले जनाएको छ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।

प्रतिक्रिया