सोमबार, जेठ ७, २०८१

काठमाडौँ उपत्यकामा बन्दको प्रभाव सामान्य (फोटोफिचर)

जुली गिरी २०७८ कार्तिक ३० गते ११:२१

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै देशव्यापी रुपमा बन्दको घोषणा गरेको छ । देशभर गरिएको बन्दको प्रभाव सामान्य देखिएको छ ।

Advertisement

अघिल्ला दिनको तुलनामा सार्वजनिक सवारी साधन कम सञ्चालन भएका छन् । तर, निजी सवारी साधानहरू सञ्चालन भइरहेका छन् । राजधानी काठमाडौँसहित उपत्यकाका जिल्लाहरूमा बिहान केही समय बन्दको प्रभाव देखिएको थियो ।

बन्द गराउँदै हिँड्ने बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशका विभिन्न स्थानबाट अहिलेसम्म ८६ जना बन्दकर्ता नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

नेकपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको हो । यसैबीच नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र अन्य राजनीतिक दलका विद्यार्थी संगठनबीच सोमबार सरकारका प्रतिनिधिसँग बैठकमा बसे पनि असफल भएको थियो ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया