शनिबार, वैशाख ८, २०८१

रूसद्वारा १० बिलियन डलरको हतियार निर्यात गर्ने सम्झौता

मेरोन्यूज २०७८ कार्तिक २९ गते १७:१९

काठमाडौँ । रूसले कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

सैन्य प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री शुगाएभका अनुसार रुसले ठूलो परिमाणमा हातहतियार निर्यात गर्ने भएको हो ।

‘महामारीजन्य कठिनाइका बावजुद हाम्रा साझेदारसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ, नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ,’ उनले भने, ‘जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै ५५ बिलियनको स्तरमा पुर्याएको छ ।’

प्रतिक्रिया