शनिबार, वैशाख ८, २०८१

ठिमीमा बन्यो शंखधर पार्क

मेरोन्यूज २०७८ कार्तिक २८ गते १७:५६

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित शंखधर चोकमा शंखधर पार्क बनेको छ ।

मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाको साझेदारीमा निर्मित शंखधर पार्कको उद्घाटन आइतवार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका प्रमुख तथा उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित शंखधर चोकमा करिब १३ रोपनी क्षेत्रफलमा पार्क फैलिएको छ । १३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको पार्कमा काठमाडौं महानगरले २ करोड रुपैयाँ सहयोग गरेकोे छ ।

पार्कमा नेवारी समुदाय र काठमाण्डौ उपत्यकाको वास्तु शिल्प र कलालाई देखाइएको छ । उपत्यकाको मौलिक शैलीमा निर्माण गरिएको मध्यपुर थिमि नगरपालिकाले बताएको छ ।

मध्यपुर थिमि नगरपालिकाले एतिहासिक र पुरातात्विक महत्वको सम्पदालाई संरक्षण र पुननिर्माण गर्न योजना बनाएर नै काम गरिरहेको छ ।

प्रतिक्रिया