आजको राशिफल : कार्तिक २६ गते शुक्रबार

आज २०७८ साल कार्तिक महिनाको २६ गते शुक्रबार, कार्तिक शुक्लपक्षको अष्टमी तिथि ।
मेष
पेशागत जीवन सन्तुलित बन्ने प्रयासमा रहने छ । आर्थिक क्षेत्रमा लाभ मिल्ने छ तर मनमा यसबारे सन्तुष्टि भने प्राप्त हुने छैन् । दाम्पत्य जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । आत्मकेन्द्रीत चिन्तन अर्थात अलि स्वार्थी खालको विचारले प्राथमिकता पाउने छ, अरुले पनि यस्तै अनुभुत गर्ने छन् ।
वृष
आम्दानी सोचे जस्तो हुने छैन् । रङ्ग रमाइलोमा मन जाने छैन् । व्यक्तित्वमा निरन्तर गिरावट आउँदा लद्युताभाषको शिकार हुने समय सक्रिय छ । बोलीको पनि प्रभावकारीता कमि हुने हुँदा कामहरु बिग्रन जाने र झैझगडामा फस्ने अवस्था आउने छ ।
मिथुन
आम्दानी स्थिर रहने छ । दाम्पत्य जीवनमा खटपट हुने छ । असाध्यै गम्भीरखालको व्यक्तित्व बन्ने छ । हास्य चेतको कमिले गर्दा अरुले कडा खालको मानिसका रुपमा अनुभुत गर्ने छन् । मनोबल भने उच्च रहने छ । नेतृत्व क्षमता बलियो भए पनि लचकताको अभाव देखिने छ ।
कर्कट
आफ्नै असावधानीका कारण पेशागत जीवनमा चुनौतिहरु आउने भएकाले सतर्क रहनु नै ठिक हुने छ । रोमाण्टिक शैलीमा तिब्रता आउने छ । साथिभाइ तथा परिवारको साथमा रमाइलो गर्ने वातावरण बन्ने छ । प्रतिष्पर्धी स्वाभाव कायम रहने छ । खर्च धेरै हुन जाने छ ।
सिंह
पेशा तथा ब्यापार ब्यवसायमा आशा गरे जस्तो उन्नति नभए पनि धेरै कठिनाई पनि हुने छैन् । आर्थिक दबाब भने उत्पन्न हुने छ । असाध्यै कडा खालको व्यक्तित्व बन्ने छ । जसका कारण आफ्नै आफन्त तथा परिवारका सदस्यहरु पनि टाढा टाढा हुन खोज्ने छन् । चिन्ता र भयले सताउने छ ।
कन्या
मेहनत धेरै गर्नु पर्ने तर प्रतिफल भने न्युन हुन जाँदा निराशाका लहरहरु निरन्तर आउने छन् । पेशागत जीवनमा आरोप खेप्नु पर्ने भएकाले सतर्क रहनु होला । प्रेममा धोका हुने छ । विश्वास माथि कुठराघात हुने छ । भाग्यको साथ नभएकाले मन पनि निरश खालको हुने छ ।
तुला
पेशागत जीवनप्रति पनि उत्साहको कमि हुने छ । विचारहरु एकपछि अर्काे गर्दै परिवर्तन हुने हुँदा अस्थिर व्यक्तित्व बन्ने छ । भजनहरु सुन्ने गर्नुहोस् । विचार गरेर मात्र बोल्ने तथा निर्णय लिने बारेमा गम्भीर बन्नु उपयुक्त हुने छ । गलत कार्यमा गलत निर्णय गर्ने जोखिम देखिएको छ । मनमा अत्यन्त निराशाले सताउने छ ।
वृश्चिक
परिवारको साथका कारण प्रष्तिठा आर्जन हुने छ । समयमा केही सुधार आउने छ । बिगतमा गरिएको निर्णयका कारण हाल कठिनाईको सामना गर्नु पर्ने छ । मनमा उदासिनताको क्रम रही रहने छ । दाम्पत्य जीवनमा भरपुर सहयोग र भर हुने छ । पेशागत जीवनमा सकारात्मक रहने छ भने आर्थिक रुपमा भने लाभ नभए पनि नोक्सान पनि हुने छैन् ।
धनु
नयाँ बाहनको मज्जा लिन पाइने तथा यात्रामा मन जाने छ । मेहनति र पराक्रमी स्वाभाव हुने छ । धन धान्यमा बृद्धि हुने छ । उत्साह र नयाँ जाँगर प्राप्त हुने छ । पेशागत जीवनमा नयाँ नयाँ क्षेत्रमा पाइला चाल्न दृढता आउने छ । सामाजिक रुपमा कदर प्राप्त हुने र कार्यालयमा पनि प्रशंसा हुने छ । समय सकारात्मक देखिन्छ ।
मकर
पेशागत जीवन सकारात्मकता तर्फ जाने छ । आम्दानीमा धेरै बृद्धि नभए पनि सकारात्मक लक्षणहरु देखा पर्ने छन् । प्राकृतिक सोचहरु मनमा आउने छन् । परिवारका सदस्यहरुले भरोसा गर्ने छन् । दुर्घटना तथा चोट पटकजन्य चुनौति सक्रिय रहेकाले धैर्य भएर मात्र सवारीसाधनसँग सम्बन्धित कार्यहरु गर्दा उपयुक्त हुने छ ।
कुम्भ
नयाँ नयाँ काम गर्नका लागि विचारहरु आउने छन् । सम्भावनाका नयाँ नयाँ बाटाहरु देखा पर्ने छन् । पेशात जीवन औसत रुपमा अघि बढ्ने छ । परिवारमा भने किचलो देखिने छ । आर्थिक रुपमा समय अनुकुल रहने देखिन्छ । अरुको विश्वास आर्जन गर्न सकिने छ । दाम्पत्य जीवनमा भने मतभेद देखिने छ ।
मीन
करुणा भाव तथा दया मायाको भावमा बृद्धि हुने छ । नरम खालको भावनात्मक स्वाभाव हुन जाने छ । धार्मिक–आध्यात्मिक सोचहरु तिब्र बन्ने छ । पेशागत जीवनमा नयाँ प्राप्ति नभए पनि निरन्तरता कायम रहने छ । आर्थिक रुपमा सामान्य अवस्था रहने छ । बैराग्यताको मात्रा बढ्ने हुँदा भौतिक विषयवस्तुप्रति कम रुचि देखिने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया