मंगलबार, वैशाख ११, २०८१

बलात्कारको अभियोगमा कार्गो व्यवसायी मनोज पक्राउ

मेरोन्यूज २०७८ कार्तिक २२ गते १८:२५

काठमाडौं । बलात्कार गरेको आरोपमा व्यवसायी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फर्वार्डस् संघ (नेफा) का अध्यक्ष समेत रहेका मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले ठमेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जबरजस्ती करणी सम्बन्धी कसूरमा कमलपोखरी प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो ।

अधिकारीलार्इ जिल्ला अदालत, काठमाडौंबाट पाँचदिन म्यादथप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले पीडित बालिकाको मेडिकल जाँच लगायत सुरु गरेको जानकारी दिएको छ । गत ८ कात्तिकमा पीडित किशोरीलाई रातोपुलस्थित एक रेष्टुरेन्टमा बलात्कार गरेको जाहेरी परेको छ ।

प्रतिक्रिया