शनिबार, वैशाख ८, २०८१

देउसी भैलोबाट जुट्यो एक लाख १४ हजार

मेरोन्यूज २०७८ कार्तिक २२ गते १८:०७

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले देउसी भैलोबाट रु एक लाख १४ हजार सहयोग जुटाएको छ ।

सहयोग मानव अधिकार र सामाजिक काममा खर्च गरिने जिल्ला शाखा काठमाडौँका कार्यवाहक सभापति भगवान् पुडासैनीले जानकारी दिए । समाजले विगत वर्षदेखि नै तिहारका अवसरमा देउसी भैलो खेली सामाजिक गतिविधि गर्न कोष खडा गर्दै आएको उनले सुनाए ।

नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, काठमाडौँ महानगरपालिका वडा नं ६ का अध्यक्ष दीपेन्द्रकुमार लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, वडा नं ६ का अध्यक्ष रमेश अर्याल, वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानालगायत २०० जना बढी अभियानकर्मीको सक्रियता थियो ।

प्रतिक्रिया