शनिबार, वैशाख ८, २०८१

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत

मेरोन्यूज २०७८ कार्तिक २२ गते १७:४०

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । कूल खसेको एक सय ४ मतमध्ये पाण्डेको पक्षमा ५९ मत खसेको हो ।

यस्तै, उनको विपक्षीमा ४३ मत र तटस्थमा २ मत खसेको थियो । उनी नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वास मत लिई मुख्यमन्त्री बनेका थिए ।

नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा गठबन्धनका दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मतदान गरेका थिए ।

प्रतिक्रिया