शुक्रबार, चैत १६, २०८०

कुर्सीको तानातानमा हामी फस्दैनौँ : प्रदेश सांसद गोसाई

मेरोन्यूज २०७८ कार्तिक २२ गते १६:५९

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मागेको विश्वासको मतमा नेपाल किसान मजदुर पार्टी तटस्थ बस्ने भएको छ । प्रदेशसभा बैठकमा बोल्दै पार्टीका सदस्य सुरेन्द्र राज गोसाईले आफ्नो पार्टी जनताको पक्षमा हुने बताए ।

‘नेपाल मदजुर किसान पार्टी यो कुर्सीको तानातानबाट टाढा बस्न चाहन्छौँ, यसमा हामी फस्न चाहदैनाैँ, यो झगडाभन्दा जनताको बीचमा बस्न चाहन्छौँ,’ उनले भने, ‘खाली पदको भागबण्डा मात्रै भएको छ, यसले प्रजातान्त्रको खिल्ली उडाइरहेको छ ।’

उनले शासक दलहरू जनताको पीडामा मौन भएको आरोप लगाए ।

प्रतिक्रिया