शनिबार, वैशाख ८, २०८१

एमाले र केपी ओली असक्षम भएको होइन र ? : सांसद जम्मरकट्टेल

मेरोन्यूज २०७८ कार्तिक २२ गते १६:४८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेशसभा सदस्य शालिकराम जम्मरकट्टेलले नेकपा एमाले सबैभन्दा असक्षम पार्टी भएको बताएका छन् । उनले त्यसको नेतृत्व केपी शर्मा ओली अहिले सबैभन्दा असक्षम नेता रहेको बताए ।

‘कसरी फुट्यो नेकपा ? केपी शर्मा ओली असक्षम भएर होइन ?, एमालेले नसकेर यस्तो भएको हो नि, केन्द्रदेखि स्थानीय तहसम्म सरकारको अवस्था के भयो ? जगजाहेर नै छ त,’ उनले भने, ‘एमाले कमजोर भएकै हो नि, यसको मूल कारण केपी ओली नै हो ।’

प्रतिपक्षमा पुगेको दलले जनमत आफ्नो पक्षमा रहेको बखान लगाइरहे पनि परिणाम त्यस्तो नरहेको भन्दै उनले एमालेले कसरी सक्षम भयो भनी प्रश्न उठाए । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन राखेको प्रस्तावलाई समर्थन गर्दै जम्मरकट्टेलले एमाले सबैभन्दा असक्षम पार्टी, पार्टी सञ्चालन गर्न असक्षम पार्टी र सरकारको नेतृत्व गर्न असक्षम पार्टी र त्यसको नेता केपी ओली सबैभन्दा असक्षम नेता रहेको बताएका थिए ।

निर्वाचन परिणामले पनि केही समयपछि त्यसको बारेमा देखाउने जम्मकट्टेलले बताए । नेकपा केन्द्रदेखिको प्रदेशसम्मको सरकार गुमेकोतिर हेरेर अहिले एमाले र ओली हारेकैले त्यसलाई स्वीकार गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया