बुधबार, वैशाख १२, २०८१

बागमती प्रदेशका मुख्यमन्त्रीले मागे विश्वासको मत

मेरोन्यूज २०७८ कार्तिक २२ गते १६:२८

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज बसेको प्रदेशसभालाई सम्बोधन गर्दै विश्वासको मत मागेका हुन् ।

‘आजको यो स्थिति कसरी सिर्जना भयो भन्ने सबैलाई जानकारी छ, यसबारे म धेरै कुरा गर्न चाहन्नँ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सबै माननीय सदस्यहरूसँग विश्वासको मत माग्दछु ।’

प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् ।

प्रतिक्रिया