सोमबार, मंसिर १३, २०७८

जीप दुर्घटनामा साहुको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौँ ल्याइयो

मेरोन्यूज २०७८ कार्तिक २२ गते १६:०४

काठमाडौँ । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नं को यात्रुबहाक जीप दाङको बबई गाउँपालिका २ एक्लेबरमा दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । घाइते पार्वती वलीको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

Advertisement

त्यस्तै नौ जना घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको हुँदा फरार भएका जीपका चालकको खोजी भइरहेको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका ३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मृतक सुनार गाडी मालिक हुन् ।

प्रतिक्रिया