शुक्रबार, वैशाख १४, २०८१

करेन्ट लाग्दा नेकपा एसका विद्यार्थी नेताको निधन

मेरोन्यूज २०७८ कार्तिक २२ गते १५:५७

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका १७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युतको तार पन्छाउने क्रममा करेन्ट लागेपछि उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।

शव परीक्षण गरी परिवारलाई दाहसंस्कारका लागि हस्तान्तरण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

प्रतिक्रिया