शुक्रबार, वैशाख १४, २०८१

दाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते

मेरोन्यूज २०७८ कार्तिक २२ गते १५:३४

काठमाडौँ । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जीप दाङको बबई गाउँपालिका २ एक्लेबरमा दुर्घटना भएको छ । घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका ३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

जीप चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया