शुक्रबार, वैशाख ७, २०८१

तीन महिनाभित्र विश्वभर खाद्यान्नमा ३० प्रतिशतसम्म वृद्धि

मेरोन्यूज २०७८ कार्तिक २२ गते १४:५०

काठमाडौँ । चीनको हुवाई प्रान्तको वुहान सहरबाट सुरू भएको कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वभर फैलिएको छ । कोरोना महामारीका कारण खस्किएको आपूर्तिका कामहरू अझै सुरू हुन सकेको छैन ।

सामान आपूर्ति सहज हुन नसक्दा विश्वभर महंगी उच्च रूपमा बढ्न पुगेको छ । संयुक्त राष्ट्र संघका अनुसार एक वर्षभित्र खाद्यान्नको सामाग्रीमा ३० प्रतिशतसम्म महंगी बढेको छ ।

खाद्यान्नको मूल्य वृद्धि हुनुमा उब्जनी कम र माग बढी रहेको समेत राष्ट्र संघले जनाएको छ । खाद्य संघ तथा कृषि संगठन ९एफएओ०को सूचाङ्कअनुसार गत अक्टोबरदेखि लगातार खाद्यान्नको मूल्य वृद्धि भइरहेको हो ।

यही अवधिमा सबैभन्दा बढी खाने तेल र गहुँमा महंगी बढेको छ । एफएओ खाद्य मूल्य सूचाङ्कको उतार-चढावबारे मासिक मूल्याकंन गर्दै आएको छ ।

कोरोना माहामारीका कारण विश्वको अर्थ व्यवस्था नै प्रभावित हुन पुगेको छ । आइएमएफका अनुसार यो वर्ष विश्वभर ४.८ प्रतिशत महंगी बढ्न सक्ने अनुमान गरिएको छ । यो सन् २००७ यताकै सबैभन्दा बढी हो । एजेन्सी

प्रतिक्रिया