शुक्रबार, चैत १६, २०८०

सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक २२ गते १४:१९

काठमाडौँ । जिल्लाको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनीको मृत्यु भएको हो । घाइते भएका उनको उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया