शुक्रबार, वैशाख १४, २०८१

रुसमा कोरोना संक्रमित बढ्दो, एकैदिन ३९ हजार कोरोना पुष्टि

मेरोन्यूज २०७८ कार्तिक २२ गते १४:११

काठमाडौँ । रुसमा गएको २४ घण्टामा ३९ हजार जनाभन्दा बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । रुसी स्वास्थ्य अधिकारीका अनुसार सोही अवधिमा एक हजार १७९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

रुसमा कोरोनाबाट अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको मृत्यु भइसकेको छ । यस्तै, करिब ८८ लाख मानिसमा कोरोना संक्रमण देखिएको छ ।

कोरोनाबाट हुने मृत्युदर करिब २.८१ रहेको समाचारमा जनाइएको छ । रुसी स्वास्थ्य अधिकारीले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया