बिहीबार, वैशाख १३, २०८१

नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले दियो ३ लाख डोज खोप

मेरोन्यूज २०७८ कार्तिक २२ गते १३:४५

काठमाडौँ । नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले ३ लाख डोज खोप दिएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप दिएकी हुन् ।

प्रधानसेनापति प्रभुराम शर्मालाई चिनियाँ जनमुक्ति सेनाको तर्फबाट राजदूत यान्छीले खोप हस्तान्तरण गरेकी हुन् । खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटरसमेत प्रदान गरिएको छ ।

सेनाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध मजबुद हुने जनाएको छ ।

प्रतिक्रिया