शुक्रबार, वैशाख ७, २०८१

आगामी मार्चदेखि माइक्रोसफ्टको वनड्राइभ एपलले काम नगर्ने

मेरोन्यूज २०७८ कार्तिक २२ गते १२:३७

काठमाडौँ । माइक्रोसफ्टको वानड्राइभ एपले आगामी मार्च वानदेखि काम गर्न छोड्ने भएको छ । भर्खरै सार्वजनिक भएको एक रिपोर्टअनुसार, माइक्रोसफ्टले वनड्राइभ डेस्कटप एपले २०२२ मार्च १ तारिखदेखि व्यक्तिगत विण्डोज ७, ८ र ८.१ कम्प्यूटरसँग काम गर्न बन्द गर्ने भएको हो ।

रिपोर्टकाअनुसार सफ्टवेयरले आगामी जनवरी वान पछि अपडेट प्राप्त नगर्नुका साथै पुरानो पीसीबाट क्लाउड फाइलमा पहुँच गर्दा स्वतः बन्द हुने दी इकोनोमिक टाइम्सले जनाएको छ ।

माइक्रोसफ्टले सान्दर्भिक मेसिनको लागि विन्डोज साइकलमा कर्पोरेट वनड्राइभ सपोर्टलाई जोड्ने र विण्डोज ७ र ८.१ वर्कप्लेस प्रयोगकर्तासँग जनवरी १०, २०२मा सबै प्रयोगकर्तालाई बाहिर राख्ने जनाइएको छ ।

माइक्रोसफ्टले केही ग्राहकलाई विन्डोजको नयाँ संस्करणमा स्तरवृद्धि गर्न लामो समयदेखि समस्या भोगिरहेकोले सुरक्षा जोखिम अझै निम्त्याउने देखिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया