शनिबार, वैशाख १५, २०८१

अक्सिजन प्लान्टको सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

मेरोन्यूज २०७८ कार्तिक १९ गते १८:५०

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । रोल्पा अस्पतालमा आज आयोजित एक कर्यक्रममा उक्त अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो ।

संघीय सरकारको ७५ लाख बजेटबाट जडान गरिएको उक्त प्लान्टले दैनिक २५ भन्दाबढी सिलिण्डर उत्पादन गर्न सक्ने क्षमता रहेको छ । जिल्लामा खपत भएर बचेको अक्सिजन जिल्ला बाहिर निर्यात गर्न सकिने बताइएको छ ।

अक्सिजन प्लान्ट जडानसँगै रोल्पाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मुख्यमन्त्री केसीले बताए । “अब अक्सिजनको अभावमा रोल्पालीले ज्यान गुमाउन पर्ने छैन”, उनले भने ।

जिल्लाको स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले उपलब्ध गराएका दरबन्दीलाई निरन्तरता दिइने मुख्यमन्त्री केसीको भनाइ छ । स्वास्थ्य सेवामा पछाडि परेको रोल्पामा अन्य सेवा पनि निरन्तर थप गर्न पहल गर्ने उनले बताए ।

प्रतिक्रिया