शनिबार, वैशाख १५, २०८१

तिहारमा गुलिया र चम्किला मिठाई खाए स्वास्थ्यलाई जोखिम

डा. हरिहर खनाल २०७८ कार्तिक १९ गते ११:०७
फाइल फोटो

काठमाडौं । तिहार आफैमा रमाईलो पर्व । तिहारमा धेरै तारेका चिल्लो र गुलियो खानेकुरा खाने चलन छ । तिहारमा स्वास्थ्यलाई ख्याल नगरी खानेकुरा खाने बानी धेरैमा हुन्छ । यसरी खादाँ स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै दिर्घ रोगहरुको जोखिम बढ्छ ।

तिहारमा अधिकासको घरमा सेलरोटी अनरसा, फिनी आदि मिठाई बनाउँने चलन छ । यस्ता खानेकुरा बनाउँदा हामीले तेल थप्दै,थप्दै पकाएका हुन्छाँै । त्यसरी पकाउँदा तेल खरिएको वा डडेको हुन्छ, भन्ने यस्ता डडेको वा खराएको तेल वा घिउँ भरसक प्रयोग गनुहुदैन् । यदि गरी प्रयोग गरिहाल्नु पर्यो भने पनि निकै कम गर्नुपछ ।

अर्को, तिहारमा हामीले बनाउँने खानेकुरा चिल्लो र गुलियोको मात्रा प्रशस्त हुन्छ । ति तेल र चिनिमा तारेका खानेकुराहरु धेरै दिन राखेर खाने गछाँै तर त्यसरी खानुहुदैन् ।

यस्ता खानेकुराहरु बढी खादाँ उच्चरक्तचाप मधुमेह, युरिक एसिड र ग्याष्ट्रिकको समस्या उत्पन्न हुनसक्ने खतरा बढ्छ । हामी कस्तो खानेकुरा खादैछौ भन्नेमा विशेष ध्यान दिएर खानेकुरा खानुपर्छ ।

विशेष गरेर गुलिया खानेकुरा, मिठाईजस्ता परिकारको अत्यधिक प्रयोगले मोटोपनसमेत बढाउँछ । गुलिया खानेकुरा,मिठाईजस्ता परिकारको अत्यधिक प्रयोगले मोटोपनसमेत बढाउँछ । निरन्तर गुलियो खाद्य पदार्थ खाँदा अस्वाभाविक तौल बढ्नुका साथै मधुमेह र उच्चरक्तचाप समेत देखापर्ने खतरा बढ्छ ।

अझ तिहारमा दाजुभाईलाई मनपर्ने खानेकुराका परिकार मिठाईहरु बनाएर वा किनेर दिने चलन छ । बजारमा बनाएर राखेका मिठाईहरु धेरैदिनका बासी हुनुका साथै बषौ वर्ष एउटै कराई सफा नगरी बनाउँने गरेका हुन्छ । मिठाईहरु खादाँ हाम्रो स्वास्थ्यमा असर गर्छ । तिहारमा दाजुभाईलाई पनि बजारिया मिठाई दिनुका साटो फलफुलको प्रयोग गर्दा दाजुभाईको स्वास्थ्यमा असर गदैन् ।

त्यसैगरी, चिल्लो पदार्थको बढी प्रयोग गर्दा धमनीमा रगत जमेर क्रोनरी आर्टरी रोग लाग्ने सम्भावना हुन्छ । उच्च रक्तचाप भएका विरामीहरूले चिल्लो, घिउ एवं बोसोजन्य कुराहरू खानु हुँदैन । यसले रक्तचापका साथै तौल पनि बढ्छ । धेरै चिल्लो खानेकुराले पेट बढ्छ । मुटुरोगको प्रमुख कारण उच्च रक्तचाप भएकाले नुनको प्रयोगमा पनि विशेष सावधानी अपनाउनुपर्छ ।

मासुको परिकार पनि प्रयोग गर्ने गरिन्छ । धेरै समय भोकै बसेर चिल्लो खाँदा ग्याष्ट्रिकको समस्या उत्पन्न सक्नेहुन्छ । चिल्लोका कारण शरीरमा कोलस्ट्रोलको मात्रा बढ्छ ।

कोलस्ट्रोल बढेका विरामीहरुले घिउ, तथा बटरमा बनाइएका चिज खानु हुँदैन । घिउमा मुछेर घिउ वा तेलमा पकाएका मिठाईहरु यस्ता विरामीले खाएमा विष सरह बन्छ ।

विरामीहरुलाई चाडपर्वको समयमा सेलरोटी लगायतका मिठाईहरु भरसक नदिने दिए पनि कम तेल प्रयोग गरेर बनाएका खानेकुरा दिनुपर्छ । रातीको समयमा धेरैबेससम्म बस्ने गनुहुदैन । नियमित व्यायम गरौ घरमा भएका सागसब्जी ,फलफुल रेसायुक्त खानेकुरा खाआँै ।

कस्ता खानेकुरा खाने
– मुटु, उच्च रक्तचापका विरामीहरुले चिनीसँगै चिल्लो खानेकुरा भरसक नखाने ।
– गुलियो खानेकुरासँगै पानी प्याप्त खाने ।
– गुलिया मिठाईहरुमा भन्दा फलफुल सागसब्जीमा जोड दिने ।
– कोलस्ट्रोल र ग्याष्ट्रिकका विरामीहरुले चिल्लो खानेकुरा सकेसम्म नखाने खादा पनि कम खाने ।
(काडियोलोजिष्ट तथा बरिष्ठ फिजीसियन डा. खनालसँग सञ्जिता खनालले गरेको कुराकानीमा आधाररित )

प्रतिक्रिया