सोमबार, जेठ ७, २०८१

मंगलबार मंगलबजारको तिहारको रमझम (फोटोफिचर)

जुली गिरी २०७८ कार्तिक १६ गते १८:४९

काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको चहलपहल शुरु भएको छ ।

Advertisement

काठमाडौं, भक्तपुर र ललितपुरका मुख्यबजार तथा सडक पेटीहरु तिहारका सामानहरु किनबेच गर्ने चहलपहल शुरु भएको छ ।

काठमाडौंको अशन, न्यूरोड, ललितपुरको मंगलबजार, भक्तपुरको दूधपाटी, मध्यपुर ठिमी लगायतका मुख्य बजार क्षेत्रमा तिहारको सामानहरु किनमेल गर्नेको भीँड बढेको छ ।

यस्तै, काठमाडौंका मुख्य बजार क्षेत्रका सडक पेटीहरुमा पनि तिहारका मालाहरुदेखि भाइमसलाहरु बिक्री वितरण बढ्दै गएको छ ।

खासगरी काठमाडौंको न्यूरोड, अशन तथा ललितपुरका मंगलबार दशैं तिहार जस्ता चाडबाडका बेला निकै रमाइलो देखिन्छ ।

मंगलबार ललितपुरको मंगलबजार पुग्दा ब्यापारीहरु तिहारका सामाग्रीहरु सजाउन र बिक्री गर्न ब्यस्त देखिएका थिए भने ग्राहकहरु तिहारको सामग्री किनमेलमा लागिरहेका देखिन्थ्यो ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया