शनिबार, वैशाख १५, २०८१

देशभर ४६९ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक १६ गते १६:४२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय ८७ जनामा भएको परीक्षणका क्रममा ४ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने १४० जना संक्रमित थपिएका छन्।

काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ९ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, गएको २४ घण्टाको अवधिमा नेपालमा थप ११ जनाको कोरोना संक्रमण पुष्टी भई मृत्यु भएको छ । योसहित देशभर अहिलेसम्म ११ हजार ४सय २७ जनाको मृत्यु भएको छ ।

यस्तै सोही अवधिमा थप ५ सय ५५ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म ७ लाख ९२ हजार ८सय ३२ जना कोारेनामुक्त भएका छन् ।

प्रतिक्रिया