सोमबार, जेठ ७, २०८१

जलवायु परिवर्तन कम गर्न माग (फोटोफिचर)

जुली गिरी २०७८ कार्तिक १६ गते १३:४०

काठमाडौँ । जलवायु परिवर्तनका कारण वातावरण प्रदूषित हुँदै गएपछि नागरक समाजले जलवायु परिवर्तन कम गर्न माग गरेको छ । मंगलबार पुलचोकमा प्रदर्शन गर्दै नागरिक समाजले जलवायु परिवर्तन कम हुने उपाए खाज्न सरकारसँग माग गरेको हो ।

Advertisement

जलवायु परिवर्तनले वातावारणमा प्रभाव पारेको भन्दै नागरिक अगुवा डा. गोविन्द केसी, वृहत नागरिक आन्दोलनका अगुवा नारायण वाग्ले लगाएतले प्रदर्शन गरेका थिए । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) औं सम्मेलन जारी रहेको छ ।

सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले हिमाली क्षेत्र दिनप्रतिदिन प्रभावित हुँदै गइरहेको बताएका थिए । उनले हिमाली क्षेत्रको संविदेनशीलताप्रति नेपाल मात्र नभइ विश्व समुदाय लगानु पर्ने बताए ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया