सोमबार, जेठ ७, २०८१

देशभर थप ५३३ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक १५ गते १६:२६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संकमण पुष्टि भएको छ । सोही अवधिमा ९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

Advertisement

११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ४९० जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ जना पुगेको छ ।

प्रतिक्रिया