सोमबार, जेठ ७, २०८१

माल्दिभ्सले दिएको २ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्यो

मेरोन्यूज २०७८ कार्तिक १५ गते १३:१२

काठमाडौँ । नेपाललाई माल्दिभ्सले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध दुई लाख एक हजार ६ सय डोज अस्ट्राजेनेका खोप प्रदान गरेको छ । उक्त सोमबार नेपाल आइपुगेको छ ।

Advertisement

कतार एयरवेजको नियमित उडानमार्फत खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ । उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिने भएएको छ ।

खोपलाई प्राथमिकताका आधारमा विभिन्न जिल्लामा लगाउने व्यवस्था गरिने महाशाखाले जनाएको छ । यसअघि सार्क राष्ट्रहरू भारत र भुटानले कोभिडविरुद्धको खोप दिएको थियो ।

प्रतिक्रिया