सोमबार, जेठ ७, २०८१

थप ४०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक १४ गते १७:१३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनामा गरिएको कोरोना परीक्षणमा ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमण पुष्टी भएका ८ जनाले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभरबाट ५१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार, अहिले देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेको छ भने निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।

Advertisement

प्रतिक्रिया