सोमबार, जेठ ७, २०८१

पुष्प प्रदर्शनीमा सर्वसाधारणको भीँड (फोटोफिचर)

जुली गिरी २०७८ कार्तिक १४ गते १२:५६

काठमाडौँ । गत शुक्रबारदेखि ४ दिनसम्म चल्ने ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८’ले पुष्प व्यावसायीहरु खुशी भएका छन् । मेलामा ४४ वटा स्टलहरु रहेका छन् ।

Advertisement

प्रदर्शनीमा सहभागी पुष्प व्यवसायी सुमन महर्जनले २ वर्षपछि भएको पुष्प मेलाले व्यवसाय फस्टाउने बताए । उनले सयपत्री फूल नेपालमा धेरै उत्पादन भए पनि तिहारमा मात्रै देखिने क्षणिक व्यापारीले भारतबाट आयात गर्दा नेपाली बजारमा फूलै नभइदिएको जस्तो भएको धारणा राखे ।

मेलामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवलोकनका लागि सर्वसाधरण आउने गरेका छन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया