शुक्रबार, चैत १६, २०८०

कांग्रेसको महाधिवेशन कार्यतालिका परिवर्तन

मेरोन्यूज २०७८ कार्तिक १० गते २०:१०

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका परिवर्तन भएको छ ।

बुधबार बसेको पार्टी निर्वाचन समितिको बैठकले नयाँ मिति तोकेको निर्वाचन समितिका सदस्यले मेरोन्युजलाई जानकारी दिए । बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।

प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ ।

नेपाली काँग्रेस १४ महाधिवेशनको नयाँ कार्यतालिका :

  1. – कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडा/पालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा)
  2. – मंसिर ३ गते : प्रदेश सभा अधिवेशन
  3. – मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्र अधिवेशन
  4. – मंसिर १० गते : जिल्ला अधिवेशन
  5. – मंसिर १६ र १७ : सात वटै प्रदेशको अधिवेशन
  6. – मंसिर २७ देखि पौष १ गते: केन्द्रीय महाधिवेशन

Advertisement

प्रतिक्रिया