शनिबार, वैशाख ८, २०८१

वाग्मती प्रदेशमा मुख्यमन्त्रीका लागि भोलि दिउँसो ३ बजेसम्म दावी पेश गरिसक्नुपर्ने

मेरोन्यूज २०७८ कार्तिक १० गते १७:४०

काठमाडौं । वाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएको छ । बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको चयन प्रक्रिया सुरु भएको छ ।

प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै बिहीबार दिउँसो ३ बजेभित्र दलहरूलाई दाबी पेस गर्ने समय दिएको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा बिहीबार दिउँसो ३ बजेभित्र प्रदेश प्रमुखको कार्यालसमक्ष मुख्यमन्त्री बन्नका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

विज्ञप्तिमार्फत नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्रस्तुत गर्न भनिएको छ ।

प्रतिक्रिया