शुक्रबार, वैशाख ७, २०८१

नेप्सेमा छायाे हरियाली

मेरोन्यूज २०७८ कार्तिक १० गते १६:००


काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक साताको चौथो दिन बुधबार पनि उकालो लागेको छ ।


नेप्से परिसुचक १८ दशमलब ६ अंकले बढेर २ हजार ७ सय ६९ दशमलब १३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ६६ प्रतिशतले धेरै हो ।
कूल २२८ कम्पनीको ७५ हजार ६ सय १२ वटा कारोबारबाट ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।


बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट उपसुचकमा समेत वृद्धि भएको छ । होटेल र पर्यटन, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा हस आएको छ ।
बुधबारको कारोबारमा नबिल बैंकको सबैभन्दा बढी कारोबार भयो ।

प्रतिक्रिया