शनिबार, वैशाख ८, २०८१

चौधरी ग्रुपले किन्यो जीबी फुड्स रसियाको स्वामित्व

मेरोन्यूज २०७८ कार्तिक १० गते १५:५८


काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सले रसियाको गालिना बालान्का (जीबी फुड्स) कम्पनी किनेको छ ।

चर्चित चाउचाउ ब्रान्ड वाईवाई उत्पादन गर्दै आएको सिजी फुड्सले गालिना बालान्का रसिया तथा सीआईएस (कमनवेल्थ अफ इन्डिपेन्डेन्टस स्टेट) लाई किनेको हो । सिजी ग्लोबल कर्पले यो कम्पनीको स्वामित्व लिएको जानकारी दिएको छ ।

जीबी फुड्सको रसियामा रहेको उक्त कम्पनी खरिद बिक्रीको सम्झौता भएको सिजी फुड्सले जानकारी दिएको छ । जीबी फुड्स स्पेनिस ब्रान्ड हो । यसको रसिया तथा सीआइएस क्षेत्रको स्वामित्व सीजीले किनेको बताइएको छ ।

जीबी फुड्को रसिया÷सीआईएस को ब्यापार स्वामित्व सिजी फुड्समा आएको छ । सीजी कर्प ग्लोबल अन्तर्गत यसको स्वामित्व आएपछि सीजी फुड्सका नाममा कम्पनीको रुपान्तरण हुने विश्वास छ’ कम्पनीले भनेको छ ।
जीबी फुड्सको रसियासँगै अर्मेनिया, अजैरबैजान,बेलारुस, काजगस्तान,क्योरोस्तान,मोल्डाभा, ताजकस्तान,उज्वेकस्तानको व्यापार स्वामित्व सीजी फुड्स अन्तर्गत आएको छ ।
यो स्वामित्वसँगै चौधरी समूहको युरोपियन बजारमा बलियो उपस्थिति हुने भएको छ ।

चौधरी समूहका अध्यक्ष विनोद चौधरीले वाईवाईलाई विश्व ब्रान्ड बनाउने अभियानमा एउटा इटा थपिएको बताएका छन् । खरिदपछि उनले वाईवाईलाई विश्वव्यापी ब्रान्ड बनाउने सपनालाई वास्तविकतामा परिणत गर्न पाएकोमा खुसी भएको ट्वइटर मार्फत जनाएका छन् ।

सीजीले हाल नेपालसँगै भारत, सर्बिया, बंगलादेश र काजकस्तानमा वाईवाई उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया