शुक्रबार, वैशाख १४, २०८१

बीमा समितिले न्युनतम सिमा तोकेकोप्रति महासंघकाे आपत्ति

मेरोन्यूज २०७८ कार्तिक १० गते १५:५५


काठमाडौं । बीमा समितिले न्युनतम सिमा तोकेकोप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ ।


खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृृद्धि सोही दरलाई नै न्युनतम सिमा तोकिदा एकाएक आयोजनाको लागत बढन जाने भएकाले महासंघले आपत्ति जनाएको हो ।


गत असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरुको लागि जारी गरेको गैर शुुल्क विमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर सम्बन्धी परिपत्रबाट निर्जिवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकको थियो ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ÷संस्था एवं उद्यमी व्यवसायीले मार पर्ने जनाएका छन् ।
बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रीमियम शुल्क भुक्तानी गरेपनि विमितले विमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरु राखिएकाले समस्यामा पर्ने महासंघको भनाई छ ।


यस बिषयमा सबै सरोकारवालासंग अविलम्व छलफल गर्न पनि उद्योग वाणिज्य महासंघले माग गरेको छ ।

अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवालाको महासंघले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया