शुक्रबार, चैत १६, २०८०

एन्फासँग अलमुताइरीको तीन वर्षे सम्झौता

मेरोन्यूज २०७८ कार्तिक १० गते १५:४७

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएको छ ।

प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग थप तीन वर्षे सम्झौता नवीकरण गरेका छन्।

‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं,नेपाली फुटबललाई अर्को स्तरमा पुर्‍याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया