बिहीबार, वैशाख १३, २०८१

कांग्रेस नेता बानियाँले भने -‘अहिले राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुन्छ’

मेरोन्यूज २०७८ कार्तिक १० गते १५:२२

काठमाडौं । बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्ने जानकारी दिए ।

बुधबार प्रदेशसभा बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता बानियाँले अबको मुख्यमन्त्री पाण्डे नै बन्ने बाटो खुलेको बताएका हुन् ।


उनले भने, ‘अब राजेन्द्र पाण्डे मुख्यमन्त्री हुनुहुन्छ, अरु कुरा समय आएपछि तपाईहरुले थाहा पाउनुहुन्छ, अहिले किन धेरै बोल्नै पदैन् ।’

गठबन्धनबीच पाण्डे र बानियाँले आलोपालो प्रदेश सरकारको नेतृत्व गर्नेगरी सहमति भएको चर्चा चलिरहेको छ ।

कांग्रेस नेता बानियाँले प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान हुनासाथ आफूहरुको गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री बनाउने गरी सरकार गठनको दाबी गर्ने जानकारी दिए ।

प्रतिक्रिया