शुक्रबार, वैशाख १४, २०८१

विद्युत प्राधिकरणका ११ जना कर्मचारीकाे बढुवा

मेरोन्यूज २०७८ कार्तिक १० गते १५:०८


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न सेवा समूह तथा उपसमूहमा कार्यरत ११ जना कर्मचारीलाई सहायक प्रबन्धकमा बढुवा गरेको छ ।

प्राधिकरण बढुवा सिफारिस समितिले मंगलबार जेष्ठता, कार्यसम्पादन तथा कार्यक्षमता मूल्यांनका आधारमा ७ तहका ती कर्मचारीलाई सहायक प्रबन्धक (८ तह) मा बढुवा गरेको हो ।

कर्मचारी सेवा विनियमावली, २०६२ (संशोधनसहित) को विनियम ४३ (क) र विनियम ५० मा भएको व्यवस्थाअनुसार कर्मचारीको बढुवा गरी रिक्त स्थानमा पदपूर्ति गरेको प्राधिकरणले जनाएको छ ।


जेष्ठता र कार्यसम्पादनका आधारमा बढुवामा हुनेमा ४ जना र कार्यक्षमता मूल्याङकनका आधारमा बढुवा हुनेमा ७ जना कर्मचारी रहेको प्राधिकरणले जनाएको छ ।

जेष्ठता र कार्यसम्पादनका आधारमा बढुवा हुनेमा आशिष दाहाल, सुभाष पाण्डे, नविल न्यौपाने र सुनिल बन्जारा रहेको प्राधिकरणद्धारा बुधबार जारी सूचनामा उल्लेख छ ।

यस्तै, कार्यक्षमता मूल्याङकनका आधारमा मन्दिरा अधिकारी, सुमनराज मानन्धर, शैलेश शाक्य, विश्व झा, शान्ति पनेरु, सुदिप थापा, मिता आचार्यको बढुवा गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसअघि पनि १५ कर्मचारीलाई निर्देशकमा, ९ कर्मचारीलाई सह–निर्देशकमा , ३ कर्मचारीलाई उप–निर्देशकमा, २० कर्मचारीलाई उप–प्रबन्धकमा, ११ कर्मचारीलाई सहायक निर्देशक, ८ कर्मचारीलाई सहायक प्रबन्धकमा बढुवा गरिसकेको छ ।

प्रतिक्रिया