शुक्रबार, चैत १६, २०८०

वागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्धारा राजीनामा

मेरोन्यूज २०७८ कार्तिक १० गते १४:२५


काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् ।

प्रदेशसभा बैठकमा सम्बोधन गरेर त्यहीँबाट शाक्यले राजीनामाको घोषणा गरेकी हुन् ।

आजको बैठकमा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । तर, स्वतः अल्पमतमा परेकी शाक्यले पदबाट राजीनामा दिएकी हुन् । शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् । 

१ सय ९ सदस्यीय प्रदेशसभामा एमाले विभाजन भएसँगै शाक्यले बहुमत गुमाएकी हुन्। उनको पक्षमा ४३ सांसद मात्र छन्। 

शाक्यले असोज २४ गते विश्वासको मत लिनको लागि प्रदेश सभामा पेश गरेकी थिइन्।

Advertisement

प्रतिक्रिया