शुक्रबार, चैत १६, २०८०

सर्वोच्चका न्यायाधिशहरुको छलफल सकियो

मेरोन्यूज २०७८ कार्तिक १० गते १३:५४

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधिशहरुको छलफल सकिएको छ । साढे ११ बजे छलफलमा जुटेका न्यायाधिशहरुको छलफल सकिएको हो । प्रधानन्यायाधिश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै आएका न्यायाधिशहरु सर्वोच्चको इजलास बहिष्कार गरेर छलफलमा जुटेका थिए ।

आजको छलफलपछि प्रधानन्यायाधिशको राजीनामा लिखित रुपमा माग्ने बताइएको थियो । सर्वोच्चका न्यायाधिशहरुले मंगलबार प्रधानन्यायाधिशलाई भेटेर राजीनामा दिन आग्रह गरेका थिए । तर, प्रधानन्यायाधिश जबराले प्रश्न उठेका सबै न्यायाधिशले राजीनामा दिए मात्रै आफूले राजीनामा दिने बताएका थिए ।

त्यसपछि छलफलमा गरेका न्यायाधिशहरुले प्रधानन्यायादिशलाई सहयोग गर्न नसकिने बताएका थिए । न्यायाधिशहरुले तीन दिन लगातार इजालस बहिष्कार गरेपनि प्रधानन्यायाधिश जबराले आज पाँच मुद्दामा सुनुवाइ गरेका छन् ।

प्रतिक्रिया