बिहीबार, वैशाख १३, २०८१

ठगीको आरोपमा पूर्व इन्सपेक्टर पक्राउ

मेरोन्यूज २०७८ कार्तिक १० गते १३:२६

काठमाडौँ । नेपाल प्रहरीका पुर्व प्रहरी निरिक्षक (इन्सपेक्टर) खिलबहादुर केसी पक्राउ परेका छन् । आफूले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर ठगेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको हो ।

पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारीसहित ५ जनाले उनीविरुद्ध बैंकिङ कसुरको उजुर गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट केसीले ५ करोडभन्दा बढी ठगेको पाईएको हो ।

बानेश्वरबाट पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया