शनिबार, वैशाख ८, २०८१

आईसीसी टी-ट्वान्टीमा आज इंग्ल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

मेरोन्यूज २०७८ कार्तिक १० गते १३:२१

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा बुधबार दुई खेलहरु हुँदैछन् । आबुधाबीमा हुने आजको पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशबीच हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

समूह १ मा रहेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो ।

इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । बंगलादेश भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा बंगलादेशलाई श्रीलंकाले ५ विकेटले हराएको थियो ।

यस्तै दोस्रो खेलमा नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आबुधाबीमा हुने दुई टोलीबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।स्कटल्याण्ड आज पहिलो जितमा खोजीमा हुनेछ । नामिबिया सुपर १२ मा सुखद सुरुआत गर्न चाहन्छ ।

प्रतिक्रिया