शुक्रबार, चैत १६, २०८०

वीरमा २ वर्षपछि फेरि सुरु भयो मृगौला प्रत्यारोपण

मेरोन्यूज २०७८ कार्तिक १० गते १३:१५

काठमाडौं । करिब २ वर्ष देखि रोकिएको वीर अस्पतालको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ।

कोरोना महामारीका कारण रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको अस्पतालले जनाएको छ ।

वीर अस्पतालका कार्यकारी अधिकारी डा.भुपेन्द्रकुमार बस्नेतले सिराहाका ५० वर्षीय पुरुषमा मंगलबार मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिए । ती पुरुषलाई ४९ वर्षीया श्रीमतीले मिर्गौला दान गरेकी अस्पतालले जनाएको छ ।


डा.अनिल श्रेष्ठ, पारश श्रेष्ठ र डा.रबिन बस्नेतको टिमले ति पुरुषमा मृगौला प्रत्यारोपण गरेको हो । उक्त टिमले लकडाउन हुनुपूर्व १५७ जनाको प्रत्यारोपण गरेको कार्यकारी अधिकारी डा बस्नेतले बताए ।


वीरमा वि.स. २०७० साल तिर प्रत्यारोपण भएको थियो । तर बीचमा रोकिएको थियो । पुन २०७३ पछि सुचारु आएकोमा पुन दोस्रो पटक लकडाउन अघि रोकिएको थियो ।

Advertisement

अब सातामा कम्तीमा एक जना व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्ने योजना रहेको डा. बस्नेतले जानकारी दिए ।

उनले भने,‘ यस अस्पतालमा हुने प्रत्यारोपण निशुल्क हो । प्रत्यारोपणका लागि सरकारले करिब ४ लाख रुपैयाँ उपलव्ध गराउँछ ,अधिकाशंमा सोही रकमले नै पुग्छ भने केहीलाई थप खर्च चाहिन्छ,’ डा बस्नेतले बताए ।

प्रतिक्रिया