शुक्रबार, वैशाख ७, २०८१

प्रधानन्यायाधिश जबराले गरे पाँच मुद्दामा सुनुवाइ

मेरोन्यूज २०७८ कार्तिक १० गते १३:०८

काठमाडौँ । प्रधानन्यायाधिश चोलेन्द्रशमसेर जबराले पाँच मुद्दामा आदेश दिएका छन् । प्रधानन्यायाधिश जबराल बुधबार पाँच मुद्दामा आदेश दिएका हुन् । सर्वोच्च अदालतमा विवादका कारण दुई दिनदेखि सुनुवाई रोकेको थियो ।

जबराले दुई दिनसम्मको शून्य सुनुवाइको अवस्था रोक्न आज आफूसहितको इजलास तोकेका थिए । सोमबार र मंगलबार न्यायाधीशहरू इजलासमा नबसेपछि सर्वोच्चमा कुनै पनि मुद्दामाथि सुनुवाइ हुन सकेको थिएन । जबराले आफ्नो इजलासमा पाँच मुद्दाको पेसी तोकेकोमा सबैमा आदेश दिएका छन् ।

उनले आफ्नो इजलासमा अदालतको अवहेलना, सम्पति शुद्धीकरण, बन्दीप्रत्यक्षीकरणको २ वटा मुद्दा, कालोवजार र अन्य केही सामाजिक अपराध सम्बन्धि कसुरमाथिका मुद्दामा पेशी तोकेका थिए ।

प्रधानन्यायाधिश जबराले पहिलो मुद्दा तामेलीमा पठाउने आदेश गरेका छन्। दोस्रो निवेदन फिर्ता गर्ने, तेस्रो र चौथोमा कारण देखाउ आदेश र पाँचौमा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका छन् । प्रधानन्यायाधीश राणाले अाजका लागि आफ्नो एकलसहित ११ वटा इजलास तोकेका थिए । उनी बाहेकका न्यायाधीशको इजलास अाजपनि बस्न सकेन।  

प्रतिक्रिया