शनिबार, वैशाख १५, २०८१

चीनबाट आयो १० लाखभन्दा बढी डोज भेरोसेल खोप

मेरोन्यूज २०७८ कार्तिक १० गते १२:५४

काठमाडौं । चीनबाट थप १० लाख भन्दा बढी डोज कोरोनाविरूद्धको खोप नेपाल आइपुगेको छ। खोप शाखाका प्रमुख सागर दाहाल १० लाख २० डोज भेरोसेलु खोप बुधबार बिहान नेपाल आईपुगेको जानकारी दिए ।

उनले अन्य खोप पनि छिटै आउँने जानकारी दिए । उनका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ ।

यो खोप यसअघि भेरोसेलकै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकालाई लगाउने उनको भनाई छ ।

खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिएको छ । आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए ।

प्रतिक्रिया