शनिबार, वैशाख ८, २०८१

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानको लगातार दोस्रो जित

मेरोन्यूज २०७८ कार्तिक १० गते ७:५१

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्ड ५ विकेटले पराजित गरेको छ । यूएईको सारजाहमा गएराति भएको खेलमा न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टाएको हो ।

योसँगै आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । पाकिस्तानको जितमा मोहमद रिजवानले ३३, आसिफ अलीले २७, शोयब मलिकले २६, फखर जमान, मोहमद हाफिज र इमाद वासिमले ११–११ रन र कप्तान बाबर आजमले भने ९ रन बनाए ।

न्युजिल्याण्डका लागि इश सोधीले २ तथा मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टले १र१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

प्रतिक्रिया