मंगलबार, चैत ६, २०८०

चितवनबाटै चुनाव लड्ने प्रचण्डको घोषणा

मेरोन्यूज २०७८ कार्तिक ९ गते २०:५१

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चितवनबाटै लड्ने बताएका छन् ।

चितवनको भरतपुरमा मंगलबारभएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अब चितवन छाडेर अन्त नजाने स्पष्ट गरे । उनले अबको पाँच वर्षका लागि चितवन नछोड्ने बताए ।

सायद अबको निर्वाचन आफ्नो लागि अन्तिम हुन पनि सक्ने पनि उनले बताए । ‘चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’– उनले भने ।

प्रचण्डले सर्वोच्च अदालतका न्यायाधीश प्रशंग पनि कोट्याए । उनले उनले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले आफ्नो गरिमालाई कायम राख्नुपर्नेमा जोड दिए ।

यसबारेमा हिजोमात्रै सत्ता गठबन्धनका तीन दलबीच छलफल भएको र भोलि गठबन्धनको पाँचै दलबीच छलफल गरी निचोडमा पुगिने प्रचण्डले बताए ।

प्रतिक्रिया