शनिबार, वैशाख १५, २०८१

साहित्यकार हरि कटुवालको ‘फेरि अर्को बिहानी’ लोकार्पण

मेरोन्यूज २०७८ कार्तिक ९ गते १३:०६

काठमाडौँ । साहित्यकार हरि कटुवालको उपन्यास ‘फेरि अर्को बिहानी’ लोकार्पण भएको छ । बरिष्ठ साहित्यकार कृष्ण धारावासीले उक्त उपन्यासको लोकार्पण गरेका हुन् ।

उपन्यासमा तत्कालिन द्घन्दकालका नेपाली समाजदेखि वर्तमान परिवेशका सामाजिक, राजनीतिक र आर्थिक गतिविधिहरु समेटिएका छन् । पुस्तक लोकार्पण कार्यक्रममा बरिष्ठ साहित्यकार कृष्ण धारावासी, युवराज नयाँघरे, प्रमाेद प्रधान लगायत साहित्यप्रेमीको उपस्थित थियो ।

पल्लवले प्रकाशनले बजारमा ल्याएको फेरि अर्को बिहानी उपन्यासको बजार मुल्य ३७५ रुपैयाँ छ । उपन्यासकार हरि कटुवालको यो तेस्रो उपन्यास हो ।

यसअघि उनको अधुरो सपना (२०७३) र रेडलाइट (२०७६) प्रकाशित छन् । २०७४ सालमा तिमी हासेको पल गीतमार्फत उत्कृष्ठ आधुनिक गीतकारको रुपमा ’नेशनल वक्स अफिस अर्वाड’ पाएका कटुवालको विभिन्न कथा, कविता, गीतहरु फुटकर प्रकाशित छन् ।

प्रतिक्रिया