बिहीबार, चैत १५, २०८०

इलेक्ट्रिक कार निर्माता टेस्ला चौथो धनी

मेरोन्यूज २०७८ कार्तिक ९ गते १३:००

काठमाडौँ । टेस्लाको शेयर मूल्यले १० खर्ब डलरको मार्केट क्याप हासिल गर्दा धनी भएको छ । रेन्टल कार कम्पनी हर्जले २०२२ को अन्त्यसम्म भाडामा चलाउने गरी १ लाख इलेक्ट्रिक भेहिकलहरु अर्डर गर्ने समाचार आएसँगै टेस्लाको बजार मूल्य १० खर्ब डलर पुगेको हो ।

योसँगै टेस्ला ट्रिलियन–डलरको बजार क्याप हुने चौथो कम्पनी भएको छ । जसअनुसार एप्पल, अमेजन र माइक्रोसफ्ट जस्ता ट्रिलियन डलरको बजार क्याप कम्पनीहमा सामेल भएको दी इकोनोमिक टाइम्सले जनाएको छ ।

विद्युतीय सवारी साधन अब मेनस्ट्रिम भएकाले भर्खरै बढ्दो विश्वव्यापी माग र चासो देख्न थालेको हर्जका अन्तरिम प्रमुख कार्यकारी अधिकृत मार्क फिल्ड्सले जनाएका छन् ।

टेस्लाका प्रमुख कार्यकारी इलन मस्कले औसतमा ५० प्रतिशतको वार्षिक बिक्री वृद्धिको लक्ष्य राखेका छन्, र एक बर्षमा २ करोड सवारी साधन सम्म पुग्ने अपेक्षा गरेको टाइम्सले जनाएको छ ।

Advertisement

प्रतिक्रिया