बिहीबार, वैशाख १३, २०८१

नेपाल बार सल्लाहकार समितिसँगको छलफलमा

मेरोन्यूज २०७८ कार्तिक ९ गते १२:३१

काठमाडौँ । नेपाल बार एशोसिएशन सल्लाहकार समितिसँग छलफल गरिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा आधिकारिक धारणा बनाउन नेपाल बार सल्लाहकार र पूर्व पदाधिकारीसँगको छलफलमा जुटेको हो ।

छलफलपछि बारले आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । यता प्रधानन्यायाधीश जबराको राजीनामा माग्न सर्वोच्च अदालतका न्यायाधिशहरु प्रधानन्यायाधीश जबराको कार्यकक्षमा गएर छलफल गर्दै छन् ।

प्रतिक्रिया