शुक्रबार, वैशाख ७, २०८१

प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरूबीच छलफल सुरु

मेरोन्यूज २०७८ कार्तिक ९ गते ११:५९

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न सर्वोच्च अदालतका न्यायाधीशहरू जबराको कार्यकक्षमा गएका छन् । मंगलबार सर्वोच्च अदालतका १५ न्यायाधिशहरु जबरालाई भेट्न उनकै कार्यकक्षमा गएका हुन् ।

भेटघाटका लागि बिहान साढे ११ बजेको समय तय गरिएको छ । भेटमा न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने बताइएको छ ।

प्रधानन्यायाधीशले ‘मार्गप्रशस्त गर्नुपर्ने’ १४ जना न्यायाधीशहरू निर्णय गरेका छन् । आजको भेटमा कुमार चुडाल पनि सहभागी भएको बताइएको छ । चुडाल यसअघि १४ जना न्यायाधिशको छलफलमा सहभागी भएका थिएन्न ।

न्यायाधीशहरूले राणालाई राजीनामा दिन अनुरोध गर्ने भनिएको छ । तर प्रधानन्यायाधीश राणाले बीबीसी नेपाली सेवासँग कुरा गर्दै आफू संवैधानिक प्रक्रियाबाट आएकोले संवैधानिक प्रक्रियाबाट मात्रै बाहिरिने बताएका छन् ।

प्रतिक्रिया