शनिबार, वैशाख ८, २०८१

‘खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले राष्ट्रलाई योगदान पुर्‍याउँछन’

मेरोन्यूज २०७८ कार्तिक ९ गते १०:३७

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवन काल भरि संघर गरेका लौह पुरुष गणेशमान सिंहले नागरिक सर्वोच्चताका लागि व्याक्तिगत स्वार्थलाई गौण राखेको बताएका छन् ।

नेपाली राजनीतिले गणेशमान सिँहबाट सिक्नु पर्ने त्यागको भावना नसिकाले अहिल राजनीति प्रति निरासा छाएको उनले बताएका हुन् ।


आज गणेशमान सिंह फाउण्डेस बिर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेण्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले ६ दशक भन्दा बढी राजनीतिक आन्दोलनमा नागरिकलाई सार्वभौम सत्ता सम्पन्न गराउन खेलेको भुमिका को स्मरण गरे ।


बिरगणेशमान सिंहको नेतृत्वमा प्रजातन्त्रको स्थापना भएसँगै राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा यो संघर्ष म आफै प्रधानमन्त्री बन्न होइन भनेर उनले अस्विकार गरेको स्मरण गर्दै नेता सिंहले राजाले बनाएको प्रधानमन्त्री भन्दा पनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने सन्देश दिनु नै महत्त्वपूर्ण उपलब्धि रहेको बताए ।


समाज, राष्ट्र र प्रजातन्त्रको जगेर्नामा आर्दशको रुपमा स्थापित भएको र अहिलेको पदको लागि लुछाचुँडी गर्ने प्रवृत्ति बडिरहेको बेला गणेशमान सिंह जस्तो त्यागी पुरुष पनि थिएहै भन्ने कुरा नयां पु्स्ता सम्म पुर्याउनु जरुरी रहेको बताए ।


यस्ता टुर्नामेण्टले नेपालका खेलाडीलाई अबसरको हुनसक्ने बताए सिंहले भने, ‘अहिले खेलकुदलाई प्रोत्साहन गर्न सरकारले समेत विशेष ध्यान दिनु पर्ने देखिन्छ ।’


खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले राष्ट्रलाई योगदान पुराउने उनकाे भनाइ छ । आज बाट सुरु भएको यो प्रतियोगिता १६ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया